April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

युवाहरुको सरसफाई अभियान

राजेन्द्र कार्की । जाजरकोट

सफा जाजरकोट हरियाली जाजरकोट अन्र्तगत जाजरकोट सदरमुकामका युवाहरुले शुरु गरेको सरसफाई अभियानले पुनः निरन्तरता पाउन थालेको छ । परिवर्तनका लागि युवा अभियानले यस हप्ता देखि पुनः सरसफाई अभियान थालेको छ ।

 

संयोजक विजया खत्रीको नेतृत्वमा जाजरकोट सदरमुकामको शान्तिचौतारा–गैरीखाली सडक खण्डमा सरसफाई गरिएको अभियान्ता अनिशकुमार कार्कीले बताए । उनले आफुहरुले दुई बर्ष अघि नै शुरु गरेको सरसफाई अभियानलाई पुनः निरन्तरता दिन थालेको बताए ।
बाटोमा हिड्न नमिल्ने, गन्हाउने, झारपात पलाएको, पानी तथा फोहर जमेका कारण बाटो दुर्गन्धित र अब्यवस्थित थियो । केही गरौ भन्ने सोच भएका युवाहरुले उक्त बाटो करीव तीन घण्टा लगाएर सफा गर्यौ संयोजक विजयाले भनिन –‘बाटोघाटो, घर आँगन सरसफाईको अवस्थाले हाम्रो चेतनाको स्तर झल्काउँछ । तसर्थ आ आफ्नो घर नजिक सरसफाई गर्न र बाटोमा फोहर नफाल्न आग्रह छ ।’

सरसफाई नै सभ्यताको प्रतिक हो तसर्थ सधै अरुले सफा गरिदिनु भन्दा सवैले आआफ्नो ठाउँ सफा राखौ हाम्रो अभियानको अभिप्राय पनि जाजरकोटलाई सफा र हरियाली बनाउने हो । यस अभियानमा सवैले सहयोग गरौ । हामी सवै हातेमालो गरेर अघि बढौ । परिवर्तनको सम्बाहक भनेका नै युवा भएकाले जाजरकोटमा भईरहेका विभिन्न विकृति र विसंगति हटाउन परिवर्तनका लागि युवा अभियान थालिएको संयोजक खत्रीले बताईन । अभियान अन्र्तगत केही दिन अघि मात्र भेरी नगरपालिकाको वडा नम्बर १ का विभिन्न बस्तीमा बालविवाह र लागुपदार्थ दुब्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको उनले बताईन । सरसफाई अभियान संचालनका लागि स्वास्थ्यकर्मी निराजनविक्रम शाहीले केही थान ग्लोब्स सहयोग गरेका थिए ।

सरसफाई लगायतका समाज रुपान्तरणका सकारात्मक अभियानमा युवाहरु अग्रसर हुँदा उनीहरुमा सकारात्मक उर्जा प्राप्त हुनुका साथै श्रमको महत्व बोध गर्न मद्दत गर्दछ । कुलतमा लाग्नबाट जोगाउँछ र केही गरौ भन्ने भावनाको विकास गराउन सहयोग पुरयाउने गैरसरकारी संस्था महासंघ जाजरकोटका सचिव सहदेव बस्नेतको विश्वास छ । युवाहरुले गरिरहेका राम्रा काममा सवैले सहयोग र थप हौेसला प्रदान गर्नु पर्ने उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad