विपन्नलाई खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान अन्र्तगत दोस्रो चरणको राहत वितरण शुरु भएको छ । सकारात्मक सोच तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीको पहलमा विभिन्न दाताहरुको सहयोगमा संकलित खाद्यान्न वितरण थालिएको हो ।

जाजरकोटको भेरी नगरपालिकाका विभिन्न वडामा वितरण गरिने खाद्यान्न मंगलवार भेरी नगरपालिका वडा नम्बर ४ मा शुरु गरिएको हो । छनौटमा परेका वडाका विपन्न परिवारलाई वडाध्यक्ष खम्बजंग शाह र लायन्स क्लब इन्टरनेशनलका जोन चियर पर्सन शारदा शेर्पाले खाद्यान्न हस्तान्तरण गरेका हुन् । प्रति परिवार २५ केजी चामल र ५ केजी दाल प्रदान गरिएको हो । भेरीका अन्य वडा र अन्य पालिकामा क्रमश खाद्यान्न सहयोग गदै जाने कार्यक्रम रहेको विपद सरोकार समिति जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले बताए ।
अभियान अन्र्तगत पहिलो चरणमा जाजरकोटका शिवालय गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाका एक सय विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको थियो । पहिलो चरणमा शिवालय गाँउपालिकामा ३०, छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाँउपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।

bhumi-sanrakshyan

सहायता अभियानका लागि डिस होम प्रालि., लाइन्स क्लब, हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, संगम पब्लिकेशन, वि सर्भ, रिड मोर पब्लिकेशन लगायतका संघसंस्था र ब्यक्तिगतहरुले सहयोग गरिरहेको अभियान्ता नरबहादुर कार्कीले बताए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिदै कर्णालीका महामारी र प्रकोप पिडित समुदायका लागि भोक विरुद्धको अभियानमा सहयोग गरिदिन अन्य दाताहरुलाई पनि अपील गरेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya