यस कारण गरे वडा सदस्य सहित दर्जन बढी नेकपाका कार्यकर्ताले काँग्रेसमा प्रवेश

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाको वडा नम्बर ५ का एक वडा सदस्य सहित दर्जन बढी नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्य मोतीलाल बस्नेत, युवा संघका विवेक रोकाय लगायतका दर्जन बढी नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । नेकपा पार्टी परित्याग गरेका वडासदस्य बस्नेत सहितका युवाहरुलाई नेपाली काँग्रेसका नेताहरुले स्वागत गदै सदस्यता प्रदान गरेका छन् । नेपाली काँग्रेसका नेता वेदराज सिंह, मुक्ती आचार्य, खडक विसी लगायतका जिल्ला स्तरका नेताले नवप्रवेशीहरुलाई अविराबरण सहित सदस्यता प्रदान गरेका हुन् ।

कम्युनिष्टहरु धेरै खोक्रो आदर्शका कुरा गर्ने तर ब्यवहारमा अवसरबादी र कमाउ धन्दामा लागेकाले चित्त नबुझेर नेकपा परित्याग गरेको पुर्व एमालेबाट वडा सदस्यमा निर्वाचित बस्नेतले बताए । सत्तारुढ दलको वडा सदस्य हुँदाहुँदै पनि हरेक कुरामा उपेक्षित हुँदै आएका वडासदस्य बस्नेतलाई त्यतिवेला ठुलो अपमान भएको महसुस भयो जव नगरपालिकाको डोजर गाँउमै आएको बेला गाँउको बाटो सफा गरिदेउ भन्दा उनको कुरा सुनुवाई भएन । भेरी नगरपालिका ५ इवर गाँउ देखि पासागाड सम्म जोड्ने बाटो मर्मतका लागि नगरप्रमुख चन्द्रप्रकाश घर्ती, वडाध्यक्ष श्यामलाल जैसी र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीलाई अनुरोध गर्दा पनि बाटो मर्मत नभएपछि उनीहरु असन्तुष्ट भएका हुन् । बाटो खन्न नमानेपछि स्थानिय युवाहरुले डोजरको चापी समेत खोसेका थिए । गाँउबाट डोजर लैजान नगरपालिकाले प्रहरीको सहयोग लिनु परेको थियो ।

असन्तुष्ट स्थानियले कृषिजन्य उपज सदरमुकाम लैजान सहज हुने गरि बाटो मर्मत गरिदिए नेकपा छोडेर काँग्रेस प्रवेश गर्ने प्रस्ताव गरेका थिए । नेपाल तरुण दल भेरी नगरपालिकाका अध्यक्ष दलबहादुर रानाको पहलमा उक्त प्रस्ताव स्वीकार गरेर नेपाली काँग्रेसले एउटा डोजर(स्काईभेटर) पठाएर करीब दुई किलोमिटर बाटो मर्मत गरिएको छ । बाटो मर्मत भएपछि स्थानियलाई कृषि उपज सदरमुकाम लैजान र यातायातमा सहजता आएको छ । नागरिकका कुरा नसुन्ने, जनताका पिर मर्का नबुझ्ने भष्ट्र जनप्रतिनिधी र नेता भएको पार्टीमा बस्न उचित नलागेर काँग्रेसमा प्रवेश गरेको स्थानिय युवा विवेक रोकायले बताए ।

तर नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बाटो नखन्ने भनिएको होइन । भनेकै दिन खन्न सकिदैन । नगरपालिकाले सडक मर्मतको लागि प्राथमिकिकरण गरेको छ । उक्त सडक ६ नम्बर प्राथमिकतामा राखिएको छ । अर्को चरणमा बाटो खन्ने कार्यक्रम छ अहिले हुँदैन भनेर स्पष्ट भनिएको हो । सोही कुरालाई प्रपोगाण्डा बनाईएछ उनले भने ।

बाटो बनाउनका लागि नेपाली काँग्रेसको पहलमा पठाईएको स्काईभेटर इवरमा बाटो खन्दै

इवरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता बेदराज सिंहले कम्युनिष्टहरुको सर्वसत्तावाद विस्तारै नाङ्गिदै गएको बताए । तिनै तहका सरकारमा कम्युनिष्टहरुको राज छ । त्यहाँ उनीहरुले लुट मच्चाउने बाहेक केही गर्न सकेका छैनन् । नागरिकका समस्या समाधान भन्दा पनि आफु कसरी कमाउने भन्ने ध्याउन्नमै छन् । भेरी नगरपालिका ५ मा बन्न लागेको बुहप्राविधिक शिक्षालयको जग्गा अधिग्रहणमै मिलेमतोमा लाखौको अनियमितता भएको छ । यस्ता तमाम दृष्ट्रान्त छन् । राजनैतिक धर्मले काँग्रेसले धेरै कुरा रिजर्भ राखेको छ खोल्नै परे नेताहरु नाङ्गेझार हुने उनले चेतावनी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad