स्कुल अफ डेमोक्रेसी जाजरकोटको कार्यसमिति विस्तार

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस निकट स्कुल अफ डेमोक्रेसी जाजरकोटको जिल्ला कार्य समिति विस्तार गरिएको छ । स्कुल अफ डेमोक्रेसी जाजरकोटका अध्यक्ष कमलबहादुुर चन्दले संस्थाको विधान अनुसार कार्यसमितिका पदाधिकारी र सदस्य मनोनयन गरि समिति विस्तार गरेका हुन् । चन्द केही समय अघि मात्र संस्थाको अध्यक्षमा मनोनयन भएका थिए ।

समितिको उपाध्यक्षमा खम्बजंग शाह(भेरी) सचिवमा रामचन्द्र ज्योति(बारेकोट) कोषाध्यक्षमा सरिता सिंह(नलगाड) र सह सचिवमा गिता शाही(छेडागाड) रहेका छन् । त्यस्तै सदस्यहरुमा खिमबहादुर थापा (नलगाड), डा. औसरसिंह राठौर (भेरी), राजु केसी (भेरी), बुद्धिबहादुर खत्री (भेरी), कृष्णबहादु खत्री (भेरी), बालकुमार शर्मा (भेरी), ई.प्रेमप्रकाश खत्री (छेडागाड), पार्वती थापा (कुशे), हासिलाल पन्त (नलगाड), ज्याती शाही (बारेकोट), बालकुमारी अधिकारी (शिवालय), कृष्णबहादुर कार्की (जुनीचाँदे), अनिश कार्की (भेरी), लोकेन्द्र सिंह (कुशे) र पशुपति सिंह (कुशे) मनोनयनमा परेका छन् ।

bhumi-sanrakshyan

लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मुल मर्मलाई आत्मसात गदै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुरयाउन यो संस्थाको स्थापना भएको हो । यस संस्थाका केन्द्रिय अध्यक्ष नेविसंघका पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महर हुन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya