सेभ द चिल्ड्रेनको सहयोगमा कुशेका साढे सात सय विपन्न परिवारलाई राहत वितरण

राजेन्द्र कार्की । जाजरकोट

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, कुशे गाँउपालिका तथा पहाडी क्षेत्र विकास अभियानको समन्वयमा कोरोना महामारी (कोभिड–१९) का कारण रोजगारी गुमाई जीवनयापन गर्न कठिन भएका करीव साढे सात सय विपन्न परिवारलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ ।

कुशे गाँउपालिकाका ९ वटै वडाका रोजगारी गुमाएका र अतिविपन्न सात सय ४५ परिवारलाई शनिवार कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले राहत सामग्री हस्तान्तरण गरेका हुन् । प्रति परिवार ६० केजीका दरले चामल वितरण गरिएको पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए । उनका अनुसार सात सय ४५ परिवारका लागि २६ लाख २१ हजार चार सय ८७ रुपैयाको चार सय ४७ क्वीन्टल चामल वितरण गरिएको हो । दुई सय परिवारलाई प्रति परिवार धारा सहितको हात धुने बाल्टिन, ५ ओटा साबुन, ५ ओटा रुमाल, एक पत्ता पानी शुद्धिकरण गर्ने एक्वाट्याव लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरिएको छ ।

bhumi-sanrakshyan

लामो लकडाउन र कोरोना महामारीका कारण घरमै बन्दाबन्दीमा पर्दा रोजगारी गुमाएका, दैनिक ज्यालादारी काम गर्न नपाएका र अन्य रोजकारीका अवसर नपाउँदा दैनिक हातमुख जोर्न समस्या परेका कुशेका अति विपन्न परिवारलाई राहत प्रदान गरेर ठुलो सहयोग पुरयाएको गाँउपालिका अध्यक्ष बस्नेतले बताए । उनले आफ्नो कार्यक्षेत्रका नागरिक समस्यामा परेको बेला गरिएको सहयोग प्रति पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनलाई धन्यवाद दिए ।

राहत सामग्री हस्तान्तरण गदै कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत तस्वीर सौजन्य रणबहादुर कार्की

राहत पाएपछि विपन्न परिवार निकै खुसी भएका छन् । रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक गएकाहरु कोरोना महामारीका कारण घर फर्केका छन् । घर फर्केपनि अन्य काम पनि गर्न पाएका छैनन् । आफ्नै खेतीयोग्य जमिन छैन । जसका कारण धेरै परिवारलाई दैनिक गुजरा चलाउन निकै समस्या परिरहेको छ । यस्तो बेला गरिएको खाद्यान्न सहयोगले पिडित परिवारको घरमा खुसी छाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए । उनले सहयोगी निकायलाई धन्यवाद दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya