कोरोना सक्रमितलाई उपचारमा वेवास्ता

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाडमा कोरोना संक्रमितको उपचारमा वेवास्ता गरिएको पाईएको छ । छेडागाड नगरपालिका ५ थलहबजारमा सुनचाँदी ब्यवसाय गदै आएका एक ब्यवसायीमा कारोना संक्रमण देखिएको भएपनि उपचारमा वेवास्ता गरिएको पाईएको हो ।

नेपालगञ्जबाट जाजरकोट आउने क्रममा गत भदौ १५ गते उनको छिन्चु जाजरकोट सडकको बबै चेक प्वाइन्टमा स्वाव संकलन गरेर सुर्खेत पठाईएको थियो । स्वाब संकलन गरेको दुई दिन पछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यस अवधीमा उनी परिवार सँगै बसेका थिए । पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतबाट तपाईको रिपोर्ट पोजेटिभ आयो आइसोलेशनमा बसेर राम्रो सँग उपचार गराउनु होला भनेर खवर आयो उनले भने ‘त्यसपछि कहाँ जाने अन्यौलमा परे । नगरपालिकामा खवर गरे केही जवाफ नआएपछि घरमै छुट्टै आइसोलेशनमा बसेको छु । निजी मेडिकलबाट सिटामोल लगायतका औषधी ल्याएर खाईरहेको छु उनले भने अहिले सम्म परिवारका सदस्यको स्वाव संकलन पनि गरिएको छैन । तपाईलाई कस्तो छ भनेर पनि सोधेको छैन । फेरी स्वाव संकलनका लागि पनि कोही आएका छैनन् ।’

स्थानिय मेडिकल संचालक अर्जुन अधिकारीले समेत संक्रमितलाई छुटै आईसोलेशनमा राखेर उपचार गर्नु पर्नेमा सम्बन्धित निकायले वेवास्ता गरेको बताए । तर छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले संक्रमितले घरमै सुरक्षित तरीकाले बस्छु भनेपछि आईसोलेशनमा नलगिएको स्पष्ट पारे । उनमा लक्ष्यण समेत नदेखिएकोले आत्तिनु पर्ने अवस्था नरहेको नगरप्रमुख महताराको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad