विपी जयन्तीको अवसरमा चियापान तथा अन्र्तक्रिया

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले चियापान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

सदरमुकाम खलंगामा चियापान तथा छलफल कार्यक्रममा नेपालको राजनीति, प्रजातन्त्र स्थापना र समृद्धिमा कोइरालाले पुरयाएको योगदान वारे चर्चा भएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले विपी विचारलाइ सवैले इमान्दारीतापर्वुक आत्मसाथ गरेर व्यवहारमा लागु गर्नु पर्ने वताए ।
लोकतन्त्र र राष्टियताको सवालमा कसैसंग गलत सम्झौता नगर्ने विपी संग अहिलेको पुस्ताले धेरै कुरा सिक्नु पर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्की, नेता वेदराज सिंह, सचिव खडक विसी, नेताहरु मुक्तिप्रसाद आचार्य, हरिचन्द्र वस्नेत, शेरवहादुर शाही, रामछाया शाही र नेपाल वार एसोसियसनका अध्यक्ष भीमवहादुर सिंह लगाएतले विपीवारे चर्चा गरेका थिए ।

नेपाली साहित्य र राजनीति दुवै क्षेत्रमा अमुल्य योगदान गरेका विपीले अघि सारेको विचार तथा आदर्श अहिले पनि निकै सान्दर्भिक रहेको उनीहरुको भनाइ थियो ।

खास गरि नेपाली काँग्रेसले पछिल्लो समयमा विपीको वाटो छोडेको वारे व्यापक जनगुनासो आएकोवारे कार्यक्रममा छलफल भएको थियो । काँग्रेसले विपीको विचार आदर्श र मुल्यलाइ छोडेदै गएका कारण काँग्रेस मात्र नभइ लोकतन्त्र नै अप्ठेरोमा परेको उनीहरुको निस्कर्ष थियो ।
यस्तै एक अर्काे कार्यक्रमका विच सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटको कार्यालय स्थापना गरिएको छ ।

सस्थागत क्रियाक्लापहरु अघि वढाउने क्रममा भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजारमा केन्द्रको कार्यालय स्थापना गरिएको । केन्द्रले जिल्लाका वौद्धिक व्यक्तिहरुलाइ विभिन्न अध्ययन अनुसन्धानमा सहयोग पुरयाउने गरि पुस्तकालय सन्चालन गर्ने तथा लोकतान्त्रिक समाजवादका चरित्रहरु र विशेस्ताहरुलाइ गाउँ गाउँमा छलफल र वहस मार्फत लिने तयारी भैरहेको संस्थाका संयोजक केसीले बताए । पुस्तकालय स्थापनाका लागि हाल सम्म दुई लाख बढी रकम संकलन भैसकेको छ । रकम संकलन कार्य भैरहेको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad