सिता कुमारी गिरी
पुरुप प्रधान समाजमा नारी अस्तित्व अझै पनि पूर्ण रुपमा स्वीकारी सकिएको छैन । महिलाको उपस्थितिलाई स्थापित गर्न आरक्षणको जवरजस्त व्यवस्था गरिएको छ । यसरी कोटा छुट्यार गरिएको आरक्षणले नारिलाई झनै कमजोर वर्ग भन्ने वुझाई पुरुष र समाज प्रति वढ्को छ । सहज रुमा नारीको अस्तित्व नस्वीकारीनुको पछााडी जति पनि कारण र परिस्थितिहरु झन् त्यसको पछाडीको सत प्रतिशत दोष पुरुषलाई मात्रै दिएर पन्छिनु पनि हुदैन तर पनि महिला माथिको हेराई, वुझाई र नेपाली समाजमा गरिने व्यबहारमा व्यापक सुधार ल्याउनु जरुरी छ भन्ने मेरो वुझाई हो ।
महिला र पुरुष विच असमानताका लागि केही शारीरिक आधार पनि अघि सार्ने गरेको पाईन्छ । प्रजन्न स्वास्थ्यमा महिलाको भुमिका धेरै हुने र संवेदनशिल हुनुका कारण पनि महिलाहरुको भुमिका पुरुषको भन्दा फरक हुनुपर्छ भन्ने सोचाई विकास भएको पनि हुनसक्छ । महिलाले वच्चा धारण गरी जन्म दिनुका साथै अनिवार्य स्तनपान गराउनुपर्ने हुँदा महिला जिवनका केही समय मानव सृष्टिलाई अगाडी वढाउने जस्तो संवेदनसिल कार्यका लागि विताउनु पर्ने हुन्छ । यसलाई मानव सृष्टिको महत्वपूर्ण पक्षसँग जोडेर हेरिनुपर्ने साथै यो भूमिकाको कदर र सम्मान गर्दै महिलालाई थप महत्वका साथ सम्मान गर्नुपर्ने हो । यो पनि हुन सकेको छैन ।
वर्तमान समाज विकासको उत्कर्षमा जादै छ । यो मानव जातिको प्रगति र उपलब्धीलाई मध्यनजर गर्दै यस विकास र प्रगति पछाडीको ऐतिहासिक दस्तावेज हेरियो भने पनि महिलाको महत्वपुर्ण भूमिकालाई गौढ वनाई प्राथमिकता दिएको पाईदैन । यसरी महिला योगदान र भुमिकालाई ऐतिहासिक कालखण्ड देखिनै दोस्रो दर्जाको रुपमा लिने गरेको पाईन्छ । हाम्रा ईतिहास उल्लेख भएका पुस्तकहरु हेर्ने हो भने पनि अधिकांश पुस्तक तथा प्रकाशनहरू राजा महाराजा जस्ता पुरुष पात्रको भुमिकालाई मात्रै उल्लेख गरि नारि पात्रलाई पछाडी राखीएको छ ।
विशेष गरी हाम्रो नेपाली समाजमा महिलालाई सानै उमेर वा घर देखिनै चुलो चौकोमा सिमित राख्ने गरी सोही अनुसार छोरा र छोरीलाई विभेदको सुरुवात गरिएको हुन्छ । छोरीलाई घर भित्रको खाना पकाउने, सफा गर्नेे आदि जस्ता क्रियाकलापमा सहभागी गराईन्छ भने बराबर उमेरका छोराको लुगा समेत छोरीलाई धुन अभ्यस्त गराईन्छ । यसले गर्दा उनीहरुलाई सानो उमेरमानै मनोवैज्ञानिक असर परेको हुन्छ । जसले गर्दा उनिहरुमा जुन किसिमले स्वतन्त्रतापुर्वक विकास हुनु पर्ने हो त्यो नहुन सक्छ त्यसकारण पनि छोराछोरीलाई समान रुपमा अगाडी वढाउन उनीहरुविच कुनै पनि किसिमले फरक छौ भन्ने सोच विकास हुन दिनु हुदैन । हामी सबैले छोरा र छोरी विच कुनै किसिमको भेदभाव नगरी सबै कामलाई समान किसिमले दुवैलाई सहभागि गराई अगाडी बढाउनु पर्ने हुन्छ ।
केही शारीरिक कारण जस्तै किशोर अवस्थाबाट बालिकाहरुमा शुरु हुने महिलावारी केहि हदसम्म संवेदनशिल हुने गर्दछ यसका लागि उनिहरुका लागि आवश्यक सहजिकरण गरी उक्त प्रक्रियालाई सामान्य रुपमा लिएर त्यसकै आधारमा नेपाली समाजमा हुने भेदभावका रेखाहरुलाई हटाउनु पर्दछ । नेपालमा प्रचलित केही परम्परागत कु संस्कारका कारण पनि महिलाहरुलाई पुरुषको तुलनाको समान हुन नदिने भुमिका रहेको पाईन्छ । छोरीलाई विवाह गरेर छोराको घरमा भित्राउनु बाट पनि एक किसिमको भेदभावदको शुरुवात भएको हुनसक्छ भन्ने लागेको छ ।
यी त भए प्राकृतिक कारण तथा परम्परागत रुपमा उपजका महिला माथी हुने असमानताका कुराहरु जसले महिलालाई समाजमा पुरुषको दाजोमा कमसल र असक्षमको रुपमा लिन बाध्य वनायो । यी सवै कुराहरुलाई गम्भिरतापुर्वक लिई महिलाहरुको शारीरिक र मानसिक अवस्थालाई सबल वनाउनका लागि हामीले थप प्रयत्न गर्नु जरुरी छ । जसका कारण महिलालाई समाजमा कमजोर वर्गको रुपमा हेर्ने पुरुष दृष्टिकोणमा सुधार आओस । महिलाहरुले गरेको प्रगतिमा अधिकांश पुरुषहरुको गलत नजर लागेको हुन्छ । महिलाहरूको प्रगतिमा शंका गर्ने, केही न केही कुराहरू जोेडेर हेर्न खोज्ने पुरुषको मानसिकतामा व्यापक परिवर्तन ल्याउनु आवश्यक छ । महिलाहरूको हरेक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवरोध सृजना गर्ने सोच सामाजिक न्यायको विरुद्ध छ । पुरुष जस्तै महिला एक्लै हिडडुल गर्न समेत शंकाको घेरामा लिने जस्ता कुराहरूबाट महिलाहरु माथिको सामाजिक संकुचन स्पष्ट हुन्छ । पुरुष जस्तै महिला स्वतन्त्रपुर्वक रमाउने पाउने की नपाउने? के महिला सधै पुरुषको छत्रछायामानै रहनु पर्छ भन्ने मान्यता न्यायोचित छ? खानापान, चाडपर्व, घुमफिर, मनोरन्जन जस्ता हरेका क्षेत्रमा महिलाको क्रियाकलापलाई बढी अनुशासित होस् भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउनु जरुरी छ । महिला पनि पुरुष जस्तै स्वतन्त्र तवरले जिवन जिउन पाउने अवस्था जवसम्म आउदैन तवसम्म महिला र पुरुष बिचको भेदभावको घेरा हटदैन त्यसकारण महिला प्रतिको पुरातवनवादी सोचमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ । महिला र पुरुष एक आपसमा परिपुरक हुन, सभ्य तथा सुसँस्कृत तथा विकसित समाज निर्माणका लागि दुवैको भुमिकालाई उत्तिकै महत्व दिनु पर्दछ भन्ने भावन जागृत होस भन्ने कामना गर्दछु ।
(छेडागाड न पा १० , जाजरकोट हाल पोखरा )