निषेधाज्ञा उलंघन गर्ने १२ जना पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने जाजरकोट सदरमुकाम खलंगाका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानिय प्रशासनले भदौ ८ गते राती देखि १५ गते राती सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । उक्त आदेशको उलंघन गदै बाटोमा हिड्ने १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बुझाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

 

पक्राउ परेका उनीहरुलाई प्रशासनले एक सय जरिवाना गरेर अब उर्पान्त निषेधाज्ञा उलंघन नगर्ने कागज गराएर छोडेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । जिल्ला सदरमुकाममा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी, बैकका कर्मचारी र स्थानिय गरी २४ जनामा संक्रमण देखिएको छ । संक्रमितको सम्पर्कमा पुगेका थप तीन सय जनाकोे स्वाव संकलन गरी परिक्षणका लागि सुर्खेत पठाइएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad