पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । रोमाञ्चक खेलमा किंग्सले कोमनले ५९औं मिनेटमा गरेको गोल बायर्नको जितका लागि निर्णायक बन्यो ।
खेलको सुरुवाततिर दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए । १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले रोकेका थिए । २२औं मिनेटमा बायर्नका रोवर्ट लेवान्डोस्कीले प्रहार गरेको बल पिएसजीका गोलरक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो ।
३१औं मिनेटमा लेवान्डोस्कीको शक्तिशाली हेडरलाई नाभासले दोस्रो प्रयासमा बचाउ गरे । पहिलो हाफको अन्तिम समयमा केलियन एम्बाप्पेले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न सकेनन् । अनमार्क रहेका एम्पाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।
खेलको ५९औं मिनेटमा जोसुवा किमिचको क्रस बललाई हेडमार्फत गोलमा परिणत गर्दै कोमनले बायर्नलाई अग्रता दिलाए ।
पहिलो पटक च्याम्पियन्स लिगको पाइलनमा पुगेको पीएसजीले उपाधिका लागि निकै संघर्ष गरेपनि सफल हुन सकेन । पहिलो पटक उपाधि हात पारी इतिहास रच्ने अवसरबाट पीएसजी चुकेको छ ।