जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी

दुई कार्यालय सिल

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । सदरमुकाममा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार राती १२ बजे देखि १५ गते १२ बजे सम्मका लागि भेरीका वडा नम्बर ३ र ४ अर्थात बजार क्षेत्रमा निशेषाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए ।

bhumi-sanrakshyan

 

अत्यावश्यक बाहेकका सवै सरकारी कार्यालयको कामकाज समेत बन्द गरिएको छ । केही दिन अघि स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाईएका २० मध्य १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

भेरी नगरपालिकाले संकलन गरेका १३ मध्य बाहुनथाना स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी, एक जना बैकका स्टाफ र दुई जना भेरी नगरपालिकाका कर्मचारी रहेका छन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयको एक पोजेक्टका दुई जना कर्मचारी, प्रहरी दुई जना, दुई जना नेपाली सेना र अन्य स्थानिय ब्यक्ति रहेको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीले बताए ।

 

स्थानिय, सुरक्षाकर्मी, बैकका कर्मचारी, नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी लगायत सवै क्षेत्रका मानिसमा कोरोना देखिएकोले धेरै मानिसहरुलाई संक्रमण भएको आशंका गरिएको छ । ति मानिसहरु सँग सम्पर्कमा आएका सवैको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा पिसिआर परिक्षण गर्न पहल भैरहेको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।
कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि भेरी नगरपालिका र राष्ट्रिय बाणिज्य बैक सिल गरिएको छ । त्यहाँ कार्यरत सवै कर्मचारीको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya