बारेकोटका बाढीपहिरो प्रभावितलाई विश्व खाद्य कार्यक्रमको खाद्यान्न सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्न वितरण शुरु गरेको छ ।
गत असार २५ गते जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न बस्तीमा गएको बाढीपहिरोका कारण घरबारविहिन भएका र दैनिक हातमुख जोर्न समस्या परेका सात सय ७४ परिवारलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण थालेको हो । पाँच तारा युवा संरक्षक मन्चको समन्वय र बारेकोट गाँउपालिकाको सहकार्यमा उक्त राहत सामग्री वितरण थालिएको हो ।

प्रतिपरिवार ३० केजी चामल, नौ केजी दाल, अढाई लिटर खानेतेल र एक केजी नुन वितरण गरेको विश्व खाद्य कार्यक्रमका जाजरकोट प्रतिनिधी कृष्ण थापाले बताए । त्यस्तै गर्भवति, सुत्केरी र ६ देखी २३ महिना भित्रका बालबालिकालाई ६ केजी पोषिलो पिठो समेत प्रदान गरिएको उनले जानकारी दिए । थापाले भने –‘कुपोषणबाट जोगाउन गर्भवति, सुत्केरी र बालबालिकालाई सवै किसिमका भिटामिन, मिनरल्स र पौष्टिक तत्व मिलाएर बनाईएको सर्वोतम पिठो प्रदान गरिएको हो ।’

विश्व खाद्य कार्यक्रमको साझेदार संस्था पाँच तारा युवा संरक्षक मञ्चका निर्देशक छवि पन्तका अनुसार बारेकोटका वडा नम्बर १ मा ६८, वडा नम्बर २ मा ३५ र वडा नम्बर ३ मा सात परिवारलाई खाद्यन्न वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ४ मा तीन सय ३३, वडा नम्बर ५ मा दुई सय ६० परिवार , वडा नम्वर ६ मा ३३ र वडा नम्बर ७ मा ३८ परिवार गरी सात सय ७४ परिवारका चार हजार एक सय जनालाई राहत वितरण कार्यक्रममा समेटिएको छ । गर्भवति, सुत्केरी र बालबालिका भएका चार सय ८४ परिवारलाई थप पौष्टिक आहार प्रदान गर्ने कार्यक्रम रहेको निर्देशक पन्तले बताए । आइतवार सम्म एक सय बढी परिवारलाई उक्त राहत वितरण गरिसकेको र एक हप्ता भित्रै सबै परिवारलाई राहत वितरण गरिसक्ने उनले बताए ।

बर्षेनी खाद्य संकट पर्ने बारेकोटमा यस बर्ष बाढीपहिरोका कारण धेरै परिवार भोकभोकै परेपछि विश्व खाद्यले सहयोग गरेको हो । बाढी पहिरोमा परि बारेकोटमा १४ जनाको ज्यान गएको र एक हजार बढी परिवार विस्थापित भएर स्थानिय विद्यालय, गोठ र खाली चौरमा त्रिपाल हालेर बसिरहेका छन् । विस्थापित परिवार सँग खानेकुरा सकिएर भोकमरीको अवस्था सिर्जना भएको अवस्थामा विश्व खाद्य कार्यक्रमले प्रदान गरेको सहयोगले पिडितलाई ठुलो राहत भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । राहत पाएपछि विस्थापित परिवार निकै खुसी भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad