बारेकोटका विस्थापित परिवार भोकभोकै

lagu ausadhi biruddha abhiyan jajarkot

गर्भवति, सुत्केरी र बालबालिका प्रभावित

राजेन्द्र कार्की । जाजरकोट

गत असार २५ गते गएको पहिरोका कारण विस्थापित भएर त्रिपालमा बसिरहेका जिल्लाको बारेकोट गाँउपालिकाका विभिन्न बस्तीका बासिन्दा चरम खाद्य संकटको चपेटामा परेका छन् । खाद्यन्न नहुँदा सयौ परिवार भोकभोकै परेका छन् ।

नयाँ बाली पाकेको छैन । गाँउमा किनेर खाने अन्न पाईदैन । अहिले सम्म सरकारले राहत दिएको छैन के आएर बाँच्ने बारेकोट ४ कि पार्वती सार्कीले भनिन ‘हामी साह्रै समस्यामा छौ । पहिरोले भन्दा भोकले मरिएला जस्तो छ ।’ पहिरोको त्रासले घर छोडेर त्रिपालमा बसेको महिना दिन भन्दा बढी भैसक्यो त्यतिवेला देखि नै पेटभरी खान पाईएको छैन उनले पिडा पोख्दै भनिन ‘केटाकेटी भोक लाग्यो भन्छन् । के खुवाउँ ? घरमा खानेकुरा केही छैन ।’

बारेकोट ६ धुमाकी मैसरी परियारको पिडा पनि उस्तै छ । पेटभरी खान नपाएको धेरै दिन भैसक्यो । पहिरोले घर पुरिदिएपछि विस्थापित भएकी उनले त्यतिवेला देखि नै न त पेटभरी खान पाएकी छन् न राम्रो सँग निद्रा नै परेको छ । उनको घरमा खाने अन्न छैन । ५ जनाको परिवार भोकमरीको पिडामा परेको छ

। ठुलो पानी पर्दा अहिले पनि उनी निकै त्रसित हुन्छन् गाँउ नै बगाउँछ कि भन्ने लाग्छ उनले भने ‘राम्रो सँग नसुतेको र नखाएको तीन हप्ता भैसक्यो ।’ आफु सँग पैसा पनि छैन । पैसा भएपनि किनेर खाने अन्न पाइदैन उनले समस्या सुनाउँदै भनिन गाँउमा भोकमरीको अवस्था देखिन थालेको छ । खानेकुरा नहुँदा भोकभोकै बस्नु पर्ने अवस्था आएको छ ।’राहत पाउला भन्ने आसमा थियौ तर अहिले सम्म राहत पाईएन उनले गुनासो सुनाउँदै भनिन ‘हाम्रो पिडा सुनिदिने कोही भएन ।’ उनी मात्र होइन धेरै विस्थापित परिवार भोकभोकै बस्न बाध्य छन् ।
बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परि अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँच सय सात जना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् । केही विस्थापित परिवार नजिकैको खाली जग्गामा त्रिपाल टाँगेर बसेका छन् भने केही विद्यालयमा आश्रय लिएका छन् ।

बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् । केही संस्था र ब्यक्तिले दिएको सिमित राहतले ठुलो संख्यामा विस्थापित परिवारलाई हात्तिको मुखमा जिरा भएको छ ।

पोषणयुक्त खानको अभावमा त्यस क्षेत्रका सुत्केरी, गर्भवति र बालबालिका निकै जोखिममा रहेका छन् । पोषणयुक्त खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको स्वास्थ्यकर्मीको भनाई छ । पेट भर्न त पाएका छैनन् पोषणयुक्त खान त परको कुरा भो स्वास्थ्यकर्मी लिला शाहले भनिन ‘धेरै मानिसहरु यतिवेला कोरोना महामारीकै कारण घर फर्किएका छन् । घरको बालीनाली बाढीपहिरोले छियाछिया पारेको छ । आयस्रोत छैन । पर्याप्त मात्रमा खानेकुरा पनि छैन । यहाँ न फलफुल पाईन्छ , न तरकारी र दहीदुध नै । जसका कारण धेरै बालबालिका , गर्भवति र सुत्केरी महिला कुपोषणको शिकार हुने खतरा बढेको छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad