घाँस काटन गएकी महिलाको लडेर गयो ज्यान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा घास काट्न गएकी एक महिलाको लडेर ज्यान गएको छ । जिल्लाको जुनिचादे गाँउपालिका वडा नं ६ स्थित गल्फामा मंगलबार घाँस काट्न गएकी स्थानिय ३६ वर्षिया काँशिकला शाहीको लडेर मृत्यु भएको हो ।

उनलाई भिरबाट करिव १५ मिटर तल खसेर मृत्यु भएको अवस्थामा छिमेकी र आफन्तले भेटाएका हुन । वेलुका सम्म घर नपुगे पछी खोज्न जादा लडेर रक्ताम्य अवस्थामा भेटीएको स्थानीय गोपाल गिरीले जानकारी दिए । घरमा रहेका दुई छोरा र एक छोरीसंग विहानै घास ल्याउन जान्छु भनेर जंगल गएकी आमा वेलुका सम्म नआए पछि खोजि गर्दा मृत अवस्थामा भेटाएको गिरीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad