बाढीपहिरो प्रभावित बारेकोटमा सलहको प्रकोप

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

बाढीपहिरोको पिडाले थलिएको बारेकोटमा सलहले बालीनाली सखाप पारिदिएपछि अर्को संकट थपिएको छ । बारेकोट गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ को रोकायगाउँ, मुल्साम, जिरी,मैना,गोठगाउँ, नायकवाडा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । केही समय अघि जिल्लाको बारेकोट भित्रिएको सलह यतिबेला बारेकोटको विभिन्न क्षेत्रमा छपक्कै देखिएको छ ।

सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । बारेकोटको जिरी,मैना,नायकवाडा,धुमा,मूल्साम लगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बारेकोट ४ जिरीका किसान हरिबहादुर सिंह बताए । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको छ । हजारौको सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ, उनले भने, ‘भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।’

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए । सहलले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।

बारेकोटमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् ।बारेकोटको कृषि शाखाले सलह प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

दुई हप्ताअघि बारेकोटको सक्ला, लिम्सा,रोकायगाउँ, रामिडांडा, नायकबादा देखिएको सहल पानी परेपछि हराएको थियो । जुम्ला जानलागेको सलह चिसोको कारण फर्किएर पुनः बारेकोटबाट जुम्ला जाने नाका वडा नम्बर ४ र वडा नम्बर ३ मा छपक्क भएको छ । पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहले बताए ।

सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । बारेकोटका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकैमात्रै होइन, फलफूल र तरकारीमा पनि क्षति पुर्याएको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad