सोती घटनाका पिडित द्धारा न्यायको माग गदै प्रहरी कार्यालय धर्ना

राजेन्द्र कार्की । जाजरकोट

पश्चिम रुकुमको सोतीमा भएको घटनामा परि मृत्यु हुने र बेपत्ताका आफन्त तथा अधिकारकर्मीले न्यायको माग गदै सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय, जाजरकोट अगाडी नाराबाजी सहित धर्ना दिएका छन् । उनीहरुले करीव डेढ घण्टा धर्ना दिएका थिए ।

घटनाको निष्पक्ष छानविन गर्नुपर्ने, दोषीलाई कानुन बमोजिमको सजाय हुनुपर्ने, बेपत्ताहरुको यथासिघ्र खोजीकार्य गर्नुपर्ने, जातिय छुवाछुत तथा विभेदको अन्त्य गनुपर्ने जस्ता मागहरु राखेर पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका थिए । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न सरकारले जिम्मा लिनुपर्ने बताउदै संघ र प्रदेश सरकारका मन्त्री तथा जिम्मेवार व्यक्तिले घटना छानविनको जिम्मेवारी नलिदासम्म मृतकका आफन्तले लास नबुझ्ने अडान लिएका छन् । अत्यन्तै दुखद, अमानविय, बर्बरतापूर्ण घटना भएको बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले संघ, प्रदेश र स्थानीय सरकार, आफुसंलग्न रहेको राजनैतिक (नेकपा) पार्टीका तर्फबाट यस घटनाको सत्यतथ्य छानविन गर्नुको साथै पिडित पक्षलाई राजनैतिक, सामाजिक र कानुनी न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

bhumi-sanrakshyan

गाँउलेको आक्रमणबाट मृत्यु भएका नबराज बिक, टीकाराम बिक र गणेश बुढा मगरको सव भेटिएको छ । भेरी नगरपालिका–४ का सुरज विक, ११ का लोकेन्द्र सुनार र गोविन्द शाहीको अबस्था भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाअध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्ल, सुष्माका बुवा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, छिमेकी डिल्ली मल्ल, मोहन पुन लगाएतका १५ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमलाई बुझाई सकेको ईलाका प्रहरी कार्यालय चौरवहारीका ईन्चार्ज प्रहरी निरिक्षक धर्मसिंह बिष्टले जानकारी दिएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya