हराएका थप एक मृत अवस्थामा फेला, मृतकको संख्या तीन पुग्यो

राजेन्द्र कार्की । जाजरकोट

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य थप एक जनाको सव भेरीको किनारमा फेला परेको छ । भेरी नगरपालिका ४ का गणेश बुढाको सव फेरा खोला नजिक भेरी किनारमा सोमवार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यस अघि पस्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नम्वर १ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकको सव फेला परिसकेको थियो । रुकुम चौरजहारीका गोपाल बुढाथोकी आईतवार नै सम्पर्कमा आईसकेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए ।

bhumi-sanrakshyan

नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही घाईते र सँगै गएकाहरुले पुरै गाँउ नै उर्लेर आएको र घेरा हालेर कुटपिट गरि ६ जनालाई भेरीमा फालिदिएको बताएका छन् । घटना पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरवहादुर मल्ल, केटीका (बुवा) वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्ल सहित १५ जनालाई नियन्त्रणमा लिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya