March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

नागरिक समाजको सरकारलाई ध्यानाकर्षण

राजेन्द्र विक्रम शाह । जाजरकोट

नेपालमा कोरोना भाइरसको सम्भावित महामारीवाट नागरिकलाई जोगाउने सरकारी प्रयास अत्यन्त सकारात्मक छन्, अव प्रत्यक वडामा पनि हेल्पडेस्क राखौं । सरकारी कदमको सफल कार्यान्वयनमा लाग्नु हामी सवै नेपालीको कर्तव्य हो, लकडाउनमा वस्नु सवैका लागि कष्टकर विषय हो, तर आफु र अरुलाई वचाउन यो अपरिहार्य भएकाले नेपाली नागरिकहरु सरकारी कदमलाई सफल वनाउन लागि रहेका छौं ।

यस्ता सकारात्मक प्रयासको प्रभाव स्वरुप केही विशेष वर्गलाई अति पीडा पुगिरहृको हुन्छ, किनकी विपदमा अनुकूलन क्षमता अत्यन्त न्यून रहने दिन भरी काम गरी आफु र आफ्ना लालावालाको जीवन गुजारा गर्ने श्रमिकहरुको जीवन असहज हुने र सामाजिक सुरक्षा अत्यावश्यक हुन्छ । ठूला व्यवसायीको श्रृणको सांवा व्याज भुक्तानी अवधी वढाउनु अगाडी जोखिममा रहेका अति गरीव, विपन्न, काम नगरे खान नपाउनेको भोक हटाउन सहयोग गर्नु पर्ने होइन र सरकार ?

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad