प्रहरी कार्यालयमा अस्थायी क्वारेन्टाईन स्थापना

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणकालाई न्युनिकरण गर्न अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ ।

कोरोना भाईरसको संक्रमण वढ्दै गईरहेको बेला संक्रमित विरामीहरु भेटिएपछि तत्काल उद्धारको लागी ५ वटा अस्थायी क्वारेन्टाईन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताए । विरामीहरुको तत्काल उद्धार गरि उपचारमा सहयोग पुरयाउन आईतवार जिल्ला प्रहरी कार्यालयको हाता भित्र अस्थायी क्वारेन्टाईन निर्माण गरेको उनले बताए ।


कार्यालयमा हेल्प डेस्क समेत स्थापना गरिएको छ । हेल्प डेस्क मार्फत जिल्लाभरको सुचना संकलन गरिने भएको छ । कार्यालयमा सेवा लिन प्रवेश गरेका सेवाग्राहीहरुलाई सावुन पानीले हात धुनको लागी सहायता कक्ष नजिकै साबुन पानीको व्यवस्था समेत गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरस न्युनिकरणका लागी प्रहरी निरिक्षक महेश कुमार आचार्यको संयोजकत्वमा २५ जना टोलीहरु तयारी अवस्थामा राखिएको छ । संक्रमण देखिए जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका क्वारेन्टाईनमा राखेर संक्रमण रोकथाम गरिनेछ । आवश्यक स्वास्थ्यकर्मी सहितको टोली त्यहाँ खटिनेछ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागी पुर्वतयारी स्वरुप अस्थायी क्वारेन्टाईन स्थापना गरेको प्रहरी निरिक्षक आचार्यले बताए । संक्रमित ब्यक्तिको पहिचान भए तत्काल उद्धार गरि उपचार गर्नको लागी अस्थायी क्वारेन्टाईन स्थापना गरेको उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad