गणित सिक्न मोबाइल फोनको प्रयोग

lagu ausadhi biruddha abhiyan jajarkot

तिलक बहादुर खत्री

लेखसार
विज्ञान तथा प्रविधिको विकासले सिकाइ प्रक्रियामा सहजता ल्याएको छ । गणित विषय सिक्नका लागि  Information and communication technology (ICT) सूचना तथा सञ्चार प्रविधिले सरल बनाएको  छ। विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको मोबाइल फोन प्रतिको आकर्षणलाई ध्यानमा राखेर कसरी मोबाइल फोनको प्रयोग गरेमा गणित सिक्न सकिन्छ ? विद्यार्थीहरुलाई गणितिय समस्याको समाधान गर्न मोबाइल फोनको प्रयोग गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यो लेखमा मोबाइल फोनको प्रयोग गर्ने तरिकाको बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

परिचय
अहिलेको युग विज्ञान र प्रविधिको युग हो । गणित विज्ञानको पनि विज्ञान हो । त्यसैले गणितिय ज्ञानबिना विज्ञानको विकास गर्न सकिदैन् । गणित विषयको ज्ञान लिन वा गणित सिक्न प्रविधिको भरपुर उपयोग गर्न सकिन्छ । विद्यालय तहको गणित सिकाउन शिक्षकले र सिक्न विद्यार्थीले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने गरेको वर्तमान विश्वपरिवेशमा हाम्रा ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा कसरी सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सकिएला ? यो अत्यन्तै गम्भिर प्रश्न हो । यो लेखमा विभिन्न सूचना तथा सञ्चार प्रविधिका उपकरणहरु मध्ये मोबाइल फोन (स्मार्ट मोबाइल फोन) कसरी प्रयोग गरेर विद्यालय तहको गणित सिक्न सकिन्छ ? के मोबाइल फोनले गणित सिक्न सहयोग गर्दछ त ? कसरी गणितका समस्याहरुको समधान गर्न सकिन्छ ? आदि विषयमा केन्द्रित रहेर उल्लेख गर्ने प्रयास गरिएको छ ।
गणित सिक्न मोबाइल फोनको प्रयोग कसरी गर्ने ?
मोबाइल एक Technological tool हो । यसलाई ष्लतभचलभत सँग जोडेर अनलाइन तथा अफलाइन रुपमा प्रयोग गर्न सकिन्छ । गणित सिक्नका लागि online तथा offline दुबै अबस्थाको प्रयोग गर्नु पर्ने हुन्छ । केहि application हरु install गर्न internet चाहिन्छ तर पछि अफलाइनमा application को प्रयोग गर्न सकिन्छ । त्यस्तै केहि online learning tools  पनि हुन्छन, जसको लागि online को आवश्यकता पर्दछ । याहाँ कसरी mobile application खोज्ने, उपयुक्त application को पहिचान गर्ने , कसरी installगर्ने र install पछि कसरी प्रयोग गर्ने आदि विषय र online मा कसरी गणित सिक्न सकिन्छ ? online मा YouTube , websites र केहि उपयोगी software हरुको बारेमा पनि पछि उल्लेख गरिएको छ ।
मोबाइल Apps प्रयोग गरेर
मोबाइलमा application install गर्न Google play store or Appstore मा गएर आफुलाई आवश्यक पर्ने Application को नाम search बटनमा type गरेर search गर्ने र उपयुक्त application छनोट गरी install गर्न सकिन्छ । तलको चित्रमा क्रमश पहिलो Play Store मा click गनुहोस र search option आफुलाई आवश्यक परेको apps को नाम type गरेर search गनुहोस् । याहाँ उदाहरणका लागि Geometry type गर्दा तेस्रो लहरको डाइलबक्स देखिएको छ । सो बाट कुनै एक app मा click गर्नुहोस । याहाँ Geometry: Geometry Calculator नामको app मा click गर्दा देखिएको डाइलबक्स देखाइएको छ । सोही चौथो Geometry : Geometry Calculator को Install मा अष्अिप गरेर Install गनुहोस । Install गर्दा similar apps  पनि देखिन्छन् । similar apps पनि आवश्यकता अनुसार यहि तरिकाले Install गर्न सकिन्छ ।

Calculator, Geometry, CAS Calculator, 3D Calculator, Graphic Calculator, MiDas eClass, SEE Math, Geometry (GeoGebra), SEE Model Question / SEE Science आदि apps हुन । जुन विद्यालय तहको गणित सिक्न र सिकाउन प्रयोग गरिन्छ ।
YouTube को प्रयोग गरेर
अधिकांश विद्यार्थी तथा शिक्षकहरु मोबाइलमा भिडियो हेरेर समय विताउने गरेको पाइन्छ । युबट्युबमा विभिन्न थरिका भिडियोहरु राखिएको हुन्छ । यस्तो अबस्थामा विद्यार्थी तथा शिक्षकले आफुलाई गाह्रो लागेका वा सिक्न आवश्यक विषयका भिडियोहरु हेर्न सक्नुहुन्छ । त्यसका लागि आफ्नो मोबाइलमा you tube खोल्ने र you tube को search बटनमा आफुलाई आवश्यक परेको गणितको पाठको नाम Type गरेर search गर्दा थुप्रै भिडियोहरु पाउन सकिन्छ । यस्ता भिडियो हेनु वा डाउनलोड गर्नु पहिले भिडियोको डिस्क्रीप्सनमा गएर त्यसको आधिकारिकता हेर्नू हेरेर मात्रै भिडियो हेर्नु तथा डाउनलोड गर्नु पर्दछ । तल नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभागले तयार गरेका विद्यालय तहका विषयगत भिडियो हेर्ने साइड दिइएको छ । यो हेरेर आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिन्छ । जुन आधिकारीक भिडियोहरु हुन । यसरी अन्य भिडियोहरु हेर्न तथा डाउनलोड गर्न सकिनछ ।
Website प्रयोग गरेर
गणित विषयका लागि विज्ञहरुले निमार्ण गरेका software तथा website को प्रयोग गरेर पनि गणित सिक्न सकिन्छ । गणितका विभिन्न खेलहरु पनि मोबाइलमा खेल्न सकिन्छ । विद्यालय तहका लागि नेपाली माध्याममा भन्दा अंग्रेजी भाषामा तयार गरेका website हरु Deerwalk.com, khanacedemy.com, आदि साइटहरु तथा google मा सोझै Typeगरेर ःMath Quiz, Books, learning material download गरेर गणितका समस्याहरु समधान गर्न तथा गणितको अर्थपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ । गणितका सामाग्रीहरु कसरी खोज्न सकिन्छ भन्ने कुरा You Tube मा How to search Mathematics learning material, mathematics books and how to use mobile apps and which website is useful for school mathematics आदि search गरेर पनि खोज्न सकिन्छ ।
सारांश
गणित प्रयोगात्मक, ब्यबहारिक तथा उपयोगि विषय हो । यसलाई मनोरन्जनात्मक तरिकाले सिकाउन र सिक्न अहिलेको प्रविधिको भरपुर उपयोग गर्न सकिन्छ । गणितका अमुर्त धारणाहरु प्रविधिको प्रयोग गरेर सजिलै visualization गर्न सकिन्छ । कसरी गणित सिक्न सकिन्छ भन्ने कुरा You Tube video, website and software को प्रयोग गर्नु पर्दछ । प्रविधिको प्रयोग गर्दा विभिन्न साधनहरुको प्रयोग गर्न सकिन्छ । ती मध्ये मोबाइल कम मूल्यमा पाइने, सजिलै बोक्न मिल्ने र उपयोगी उपकरण हो । अतः मोबाइल फोनको उपयूक्त तरिकाले उपयोग गर्न सके गणित सजिलै सिक्न सकिन्छ ।

(लेखक शिव माध्यमिक विद्यालय भेरी नगरपालिका १ कालेगाँउ जाजरकोटका प्रधानाध्यापक तथा गणित शिक्षक हुनुहुन्छ ।)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad