कोरोनाको संक्रमण रोक्न स्थानियले बाँडे तीन सय मास्क

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि जाजरकोटका स्थानीयहरुले आफनै लगानीमा मास्क वितरण अभियान सुरु गरेका छन् । जिल्लाको भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौरका स्थानीयले आफै पैसा उठाएर गाउँमा आउने र गाउँवाट वाहिर जानेहरुलाइ निशुल्क मास्क वितरण गरेका हुन् ।


उनीहरुले शनिवार विहान थाप्लेचौरमा एक कार्यक्रमको आयोजना गरेर मास्क वितरण अभियान सुरु गरेका छन् । शनिवार विहान मात्रै उनीहरुले स्थानीय वासी, गाडीका यात्रु, गाडी चालकहरु तथा अन्य व्यक्तिहरुलाइ तीन सय वढी मास्कहरु वितरण गरेका छन् । थाप्लेचौर टोलविकास समिति की अध्यक्ष अमृता वली विसीले कोरोनाको संक्रमण गाउँमा फैलिन नदिन आफुहरुले मास्क वितरण गरेको वताइन् । टोलविकास समितिमा आवद्ध स्थानीय युवाहरुको विशेष सक्रियतामा थाप्लेचौरको वसपार्क र वजार क्षेत्रमा रहेकाहरुलाइ निशुल्क मास्क वितरण र सार्वजनिक शौचालयमा वाल्टीन तथा हात धुने सावुनहरु राख्ने काम गरिएको उलने वताइन् ।

निशुल्क मास्क वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नम्वर ३का वडाध्यक्ष लिलावहादुर शाहले आगन्तुक र गाडीका यात्रु तथा चालकहरुलाइ विशेष सचेतनामुलक जानकारी दिदै मास्क वितरण गरेका थिए । कोरोनाका संक्रमणवाट आफनो सुरक्षा गर्न र अरुलाइ पनि सुरक्षित राख्नका लागि थाप्लेचौरका स्थानीय युवाहरुले जस्तै अरुले पनि सामाजिक सेवाको भावनाले कोरोना विरुद्धको अभियानमा सक्रियतापुर्वक लाग्नु पर्ने वडाध्यक्ष शाहले वताए ।

बसपार्कमा नेपाली सेनाको हेल्प डेस्क


भेरी नगरपालिका र नेपाली सेनाले जाजरकोट सदरमुकाम खलंगामा कोरोनाको सम्बन्धी सचेतना जगाउन हेल्प डेस्कको स्थापना गरेको छ । जाजरकोट भित्र्ने र बाहिने यात्रुलाई ध्यानमा राखेर नेपाली सेनाले हेल्प डेस्कको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनले नेपाली सेनाका स्वास्थ्य प्राविधिक र औषधी सहितको टोलीले क्याम्प खडा गरेर काम थालेको उनले बताए । हेल्प डेस्कबाट आवश्यक परापर्श सहितको सेवा उपलब्ध हुनेछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad