वर्तमान परिस्थिती र हाम्रो दायित्व

lagu ausadhi biruddha abhiyan jajarkot

अच्युत प्रसाद शर्मा

स्वाधीनता र स्वाभीमान शब्दको सम्बन्ध स्वावलम्बी शब्दसँग गाँसिएको हुन्छ । स्वावलम्बी शब्द लाई अलग राखेर स्वाधीनता र स्वाभीमानमा राष्ट्रियता खोज्नु औसीका रातमा चन्द्रमा खोज्नु जस्तै हो । नेपाल राष्ट्रिको चेतनारुपी, नेता, निती र जनताले नसोचेको नचिनेको शब्दको रुपमा लुकीरहेको छ कतै स्वावलम्बन । प्रष्ट देखियका शब्द हुन् थरलम्ब, पराधिन, पराकाष्टा आदि । नेपालले राष्ट्रका लागी निर्णय लिदा पराधिन, नुन खाँदा पराधिन, तेल घस्दा पराधिन, धर्म र प्रार्थना गर्दा पराधिन, भ्रष्टाचारको पराकाष्टा यो नेपालको विद्यमान परिस्थिती हो ।
जसले स्वावलम्बीको अर्थ जानेको छैन, त्यो निरक्षर समूह भित्र पर्दछ । यद्यपी त्यो वर्गले आफैले गरि खाएको छ त्यसैले उ स्वावलम्बी छ ।
स्वावलम्बी शब्दको अर्थ जसले जानेको छ उसले भेरी पाउछ, दाइजो पाउछ, घुस, कमिसन, बोनस, तलब खान्छ वा मतलब पाउछ ।
यो सबै नेपालको शिक्षानितीले चतुर नागरिकको निर्माणको प्रतिफल हो । मनी माइण्ड, थिङ्कटया्ङ्कर निर्माण गरिरहेका हाम्रा विश्वविद्यालयहरुले, ‘एनिहाउ पैसा कमाऊ’ को सिद्धान्त सिकेर विश्वविद्यालय बाहिर निस्कन्छन् दिक्षान्त समारोह पछि डीग्रीहोल्डरहरु ।
काम नगरी एस ऐश्वर्य प्राप्त गर्न सक्नु अहिलेको काम गरेर पनि माम खाना नदिने ठेकेदारी प्रथाले गर्दा अधिकाँश नेपाली विदेशिन बाध्य भएका कुरा भुल्न हुदैन । त्यस्ता ठेकेदार दलाल पूँजिपती लाई कार्वाही नगरे स्वावलम्बी जनताको पाखुरामा घन हाने सरह हुनेछ र भइरहेको छ । प्रत्यक परिवारमा काम नगरी खाने युवायुवतीको अभिलेख र कारण खोज्नु पर्ने सबै दलको दायित्व हो ।
सबैलाई स्वावलम्बी शब्दको अर्थ सिकाउने दायित्व शिक्षक एबं सबै शिक्षितको हो । हामीले सिकाउनु पर्ने, नसिकाएको र सिकाएकाले पनि नजानेको कुरा ू शिक्षा र सिप बाडे बढ्छ र पैसा बाडे घट्छ ुु भन्ने हो । मतलब सिकाउने काम शिक्षकको मात्र होइन सिकेका सबैले सिकाउनु पर्छ शिक्षा र सिप ।
अव हामी शिक्षकहरु भन्छौ विद्यालय, महाविद्यालयहरुले उत्पादनशिल पदार्थ पनि निर्माण गर्नुपर्नेमा खाली चेतना मात्रै निर्माण गरिरहेका छौ । त्यो चेतनाले पनि चिन्तन हैन चिन्ता मात्र गरिरहेको छ त्यो पनि पैसा र सुख कमाउने टेन्सनले रिल्याक्सको रसमा समय र धन खर्चिरहेछ बुद्धिजीवी बर्गले ।
गराएको खाने हैन आफैले गराएर खानुपर्छ भन्ने सोचका स्वावलम्बी नागरिक तयार गर्न शिक्षालाई श्रम सँग जोड्नु नितान्त जरुरी छ । जसले स्वाधिन स्वाभिमान, स्वावलम्बी राष्ट्र बनाउन टेवा पुग्ने छ । त्यसका लागि शिक्षाको उदेश्य ू शिक्षा बाठो बन्न मात्र हैन कर्तब्यको बोध गर्न, गराउन सिकौं सिकाऔं ुु भन्ने हुनुपर्दछ ।
दर्शन एबं शिक्षा शास्त्रको विद्यावारिधीको योग्यता हो । यहि उपाद्यि प्राप्त गर्ने चिन्तामा हामी प्रसस्त समय बिताइरहेका छौ शिक्षक र विद्यार्थीले । नजानेका स्वावलम्बीहरुले उब्जाइ दिएको कोदो र फापर खान पनि परेको छैन हामीलाई किनकी दाता छिमेकीले बेफाइदा बास्मती चामल पठाइदिएकै छ अझैं उनीहरु भन्छन् चिउरा र चाउचाउ खानु परेको छ न हामीलाई हुट र छतमा चढनु परेको छ । किन बन्नु प¥यो स्वावलम्बी, किन चाहियो स्वाधिनता र स्वाभीमान यो शिक्षित बर्गलाई ।
त्यसैले नेपालको विद्यामान परिस्थितीले राष्ट्रियता स्वाधिनता नेपाली स्वाभीमान उत्तरतिर बाङ्गीयोकी ? दक्षिण घोप्टियो ? सबैले अड्कल काट्न थालेका छन् । चिन्ता गर्छन् सबै, चिन्तन कोही गदैनन् कहिलै ।
देशलाई उत्तर र दक्षिण नवाङ्गीएर सिधा ठाडो स्वाभीमान बन्न स्वावलम्बी हामी हुनै पर्छ ।
स्वाबलम्बी बन्न र बनाउन कसले के गर्ने, हाम्रो दायित्व के हो ? यहि बुभ्mनु र बुझाउनु शिक्षक र शिक्षितको दायित्व हो जस्तो लाग्छ हामीलाई ।
कसले के , कसरी, काहाँ, कहिले, कति, कसको लागि, कति लागतमा भन्ने योजना राष्ट्रिय योजना आयोगले मात्र बनाएर पुग्दैन प्रत्येक दिक्षित शिक्षित विद्धान एबं प्रत्येक परिवारका प्रत्येक सदस्यले बनाउनु पर्छ । योजना आ—आफ्नो ।
प्रत्येक नेपालीले, मैले मेरो हातमुख जोर्ने जोहो म आफैले गर्नु पर्छ भन्ने सोच राख्नुपर्छ । विना काम माम खोज्ने बानीलाई आमा, बाबा सँग पनि लाज मान्नु पर्छ अब ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad