जाजरकोटका १९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाईने

बासुदेव शर्मा । जाजरकोट
जाजरकोटका १९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाईने भएको छ । आगामी चैत्र १ गते देखि नौ महिना देखि पाँच बर्ष भित्रका १९ हजार बालबालिकालाई खोप लगाईने छ ।दादुरा रुबेला रोग निवारणका लागी स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जिल्ला खोप समन्वय समिति र पत्रकारहरु गरेको अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

जाजरकोट जिल्लालाई पुर्ण खोप युक्त वनाउन आगामी चैत्र १ गते देखि संचालन हुने दादुरा रुबेला विरुद्धको अभियानलाई सफल पार्न जाजरकोटका सवै पालिकाहरुमा खोप कार्यकर्ता तथा सरोकारवालाहरुसग अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । सात वटै पालिकाहरुमा पहिलो र दोस्रो चरणमा अभिमुखिकरण कार्यक्रम गर्ने तेस्रो चरणम खोप संचालन गर्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटका सात वटै पालिकाहरुमा खोपले पार्ने प्रभावका विषयमा खोप कार्यकर्ता तथा स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई अभुमिखकरण कार्यक्रम गर्ने भएको छ । चैत्र १ गते बाट शुरु हुने अभियानमा कुनैपनि वालवालिकाहरु खोपबाट वंन्चित हुन नदिन स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सरोकारवालाहरुसग समन्वयात्मक कार्यक्रम संचालन गरेको निमित्त जनस्वास्थ्य प्रमुख टिकाराम जैसीले वताउनु भयो ।

९ महिना देखी ५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई दिईने दादुरा रुवेला विरुद्धको खोप जाजरकोटका सात वटै पालिकाहरुमा कार्यक्रम सफल वनाउन सरोकारवालाहरुको महत्वपुर्ण जिम्मेवारी भएकोले प्रचार प्रसार गरि अभियानलाई सफल वनाउन सरोरावालाहरुलाई निमित्त जनस्वास्थ्य प्रमुख टिकाराम जैसीले आग्रह गर्नु भयो ।

bhumi-sanrakshyan

दादुरा रुवेला खोप कार्यक्रम संचालनका लागी १ सय ३४ बुथ रहेको वताउदै स्वास्थ्य संस्थाहरुको रिपोर्ट अनुसार खोप लागाउने बालबालिका १९ हजार ९ सयले खोप लगाउने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख जैसीले वताउनु भयो । ९ महिना देखी ५ वर्ष सम्मका कुनै बालबालिका नछुटाउने उद्धेश्यले सरोकारवालाहरुसग समन्वयत्मक कार्यक्रम गरेको वताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भ्यालसिनलाई निश्चित तापक्रममा राख्ने, हालै विश्वमा फैलिएको कोरोना भाइरसका वारेमा सन्देश मुलक सुचना लगाएत सवै स्वास्थ्य संस्थाहरुलाई दादुरा रुवेला खोप लगाएत स्वास्थ्य सेवा कार्यालयबाट जनहितमा जारी सुचना प्रचार प्रसार गर्न आग्रह गर्नु भयो । अहिलेको सम्वेदनशिल अवस्थामा तिन वटा कुराहरुलाई मुख्य योजना वनाएर लिन प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सेवा कार्यालयलाई सुझाव दिनु भएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक मन बहादुर रावलले स्वास्थ मानिस उत्पादनको लागी बच्चा अवस्थामै सवै प्रकारका रोग विरुद्धको खोप दिनु पर्ने वताउनु भयो । चैत्र १ गते देखि संचालन हुने दादुरा रुवेला खोप अभियानलाई सफल बनाउन सरोकारवाला निकाय नागरिक समाज, स्वास्थ्य संस्था, विद्यालयहरु लाग्नु पर्ने वताउनु भयो । साथै अभियानको सफलताको शुभकामना दिनु भएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya