मानव अधिकारको संरक्षण, प्रर्वद्धन र विकासमा जिम्मेवार छौ : उपप्रमुख सरीता वली

छेडागाडमा नगर स्तरीय समिति गठन

बासुदेव शर्मा । छेडागाड

 

bhumi-sanrakshyan

जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मनाघाटमा आज नगरस्तरिय मानव अधिकार समूह गठन गरिएको छ ।

नन्द बहादुर खड्काको अध्यक्षतामा १५ सदस्य समूह गठन गरिएको हो । जसको उपाध्यक्षमा बीर बहादुर नेपाली, सचिव हरीकला खत्री, सह–सचिव जया बस्नेत, कोषाध्यक्ष निर्मला तिरुवा रहनुभएको छ ।

 

यस्तै सदस्यहरुमा धनसिंह थापा, कर्ण बहादुर नेपाली, राम बहादुर शाही, प्रेम राज पुन, गोरख तिरुवा, खडक बहादुर खत्री, धर्मलाल वली, कलिका चदारा, प्रेम बहादुर नेपाली र कमला बिक हुनुुहुन्छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटले आयोजना गरेको कार्यक्रम परिचय तथा मानव अधिकार समूह गठन समारोहमा छेडागाड नगरपालिकाका उपप्रमुख सरीता वली, वडा नम्बर १ देखी वडा नम्बर १३ सम्मका वडा अध्यक्षहरु, कार्यक्रम संयोजक (कर्णाली प्रदेश कार्यालय सुर्खेत) का दिल बहादुर चौधरी, स्थानिय समाजसेवी बुद्धिजिवी वर्ग लगायत ५४ जनाको उपस्थिती रहेको इन्सेकका जिल्ला सहजकर्ता प्रसाद नेपालीले जानकारी दिनुभयो ।

 

नव गठित समूहलाई बधाई दिदै नगर उपप्रमुख सरीता वलीले सामाजिक कुसंस्कार, बाल विवाह, जातिय छुवाछुत तथा भेदभाव जस्ता विभेद हटाउन पहल गर्ने र मानव अधिकारको संरक्षण, प्रर्वद्धन र विकासमा सधैव जिम्मेवार भई लागी पर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

इन्सेक द्धारा संञ्चालित स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत नगरस्तरिय मानव अधिकार समूह गठन गरिएको हो ।

 

यस्तै अर्को समूह शिवालय गाउँपालिकामा पनि गठन गर्ने तयारी छ । यि मानव अधिकार समूहले स्थानिय स्तरमा समग्र मानव अधिकारकै क्षेत्रमा काम गर्ने छन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya