अयोध्या फैसलामा टिप्पणी गर्नेहरू पक्राउ, अमेरिकालाई चिनियाँ चेतावनी

lagu ausadhi biruddha abhiyan jajarkot

नयाँदिल्ली : भारतमा अयोध्या मुद्दाको फैसलामाथि सामाजिक सञ्जालमा प्रतिक्रिया दिने दर्जनौं मानिस पक्राउ परेका छन् । ‘साम्प्रदायिक सद्भाव’ भड्काएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । फैसलाको दुई दिनपछि समेत सुरक्षा फौज ‘अलर्ट’ बसेको छ । फैसलाबारे टिकाटिप्पणी आइरहँदा हिन्दु र मुस्लिम नेताहरुले दुवैतर्फलाई शान्त रहन आग्रह गरेका छन् ।

प्रहरीले भने फेसबुक, ट्वीटर, युट्युब लगायत सामाजिक सञ्जालमा यसबारे टिप्पणी गर्दा ‘सामाजिक सद्भाव’ भड्किने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

अहिलेसम्म उत्तर प्रदेशमा ७७ जना पक्राउ परिसकेका छन् । साथै ८ हजार २ सय ७० वटा पोस्ट ‘साम्प्रदायिक सद्भाव’ विरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
तर प्रहरीले यस्ता पोस्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रत्यक्ष म्यासेज गरेर हटाउन निर्देशन दिएको छ ।

टर्कीले रुसी मिसाइल किन्दा अमेरिका रुष्ट

वासिङ्टन : टर्कीले रुसी मिसाइल खरिद गरेपछि अमेरिका रुष्ट भएको यहाँका अधिकारीहरुले जनाएका छन् । जसकारण अंकारामाथि अमेरिकाले प्रतिबन्ध लगाइउनसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

ह्वाइट हाउसका सुरक्षा सल्लाहकार रोबर्ट ओब्रेनले यस्तो बताएका हुन् । ओब्रेनले अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् । टर्कीका राष्ट्रपति तायीप एर्डोगनको अमेरिका भ्रमण हुनुभन्दा अघि ओब्रेनको टिप्पणी आएको हो ।

तायीपले नोभेम्बर १३ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटने तालिका छ । टर्कीले यसअघि नै रसियन ‘एस–४०० एन्टि एयरक्राफ्ट सिस्टम’ गरिद गरेको थियो ।
जुन प्रविधिलाई अमेरिकाले ‘नाटो’सुरक्षासँग नमिल्दो र ‘एफ–३५’ फाइटर जेट्सका लागि चेतावनी दिएको रुपमा व्याख्या गरेको छ ।

बोलिभियमा नवनिर्वाचित राष्ट्रपतिले दिए राजीनामा 


बोलिभिया : बोलिभियाका राष्ट्रपति इबो मोरालेसले राजीनामा घोषणा गरेका छन् । चुनावमा धाँधलीको आरोप लगाउँदै देशव्यापी प्रदर्शन र सेनाको दबावपछि अन्ततः उनले राजीनामा घोषणा गरेका हुन् ।

साथै उनले नयाँ निर्वाचनको लागि आग्रह पनि गरेका छन् । सेनाप्रमुखले समेत राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेपछि मोरालेसको राजीनामा घोषणा भएको हा ।

‘बोलिभियाको विधानसभामा मैले राजीनामा पत्र पठाएको छु,’ मोरालेसले भने का छन् । साथै उनले आन्दोलन मत्थर पार्न र आक्रमण रोक्न आग्रह गरेका छन् । पछिल्लो समय राष्ट्रपति निवास अगाडि नै प्रहरीले प्रदर्शन निकालेपछि मोरालेसलाई थप दबाव सिर्जना भएको थियो । उनी बोलिभियामा लगातार चौथोपटक राष्ट्रपति निर्वाचित भएका हुन् ।

बेलायती रानीसँगै किन उभिइनन् युवराज्ञी ?

लण्डन : बेलायती राजपरिवारका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल रानीको परिवारसँगको सम्बन्ध चिसिँदै गरेको अन्तर्राष्ट्रिय मिडियामा आउन थालेको छ ।
पछिल्लो समय रानी एलिजाबेथ ह्यारी दम्पतीसँग रुष्ट भएका समाचार आउन थालेका छन् ।

त्यसो त, ह्यारी र मेघनले राजपरिवारबारे असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त गर्न थालेका छन् । यतिसम्म कि, ह्यारी परिवार र देश नै छोड्न तयार रहेको प्रतिक्रिया दिएका थिए । मेघनले पनि राजपरिवारबाट दिक्क भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

एलिजाबेथले भने आफ्नो कोठाबाट ह्यारी दम्पतीको तस्बिर नै हटाएको समाचार बेलायती मिडियाले सार्वजनिक गरेका थिए । हालै स्मृतिसभा एक समारोहमा उनीहरु सहभागी थिए । युवराज्ञी केट मिडल्टन र क्यामिला रानी एलिजाबेथसँगै बालकोनीमा उभिए ।

ह्यारीपत्नी मेघन भने बालकोनीकै अर्को झ्यालबाट समारोहलाई हेरिरहेकी थिइन् । जहाँ उनी एक्लै उभिएकी थिइन् । पहिलो विश्वयुद्धमा ज्यान गुमाएकाहरुको सम्झनामा गरिएको स्मृतिसभामा देखिएको यस्तो दृश्यलाई बेलायती मिडियाले राजपरिवारकै मनमुटावसँग जोडेर व्याख्या गरेका छन् ।

धार्मिक स्वतन्त्रताको बहानामा अमेरिकी हस्तक्षेप : चीन

बेइजिङ : चीनले अमेरिकालाई तिब्बतको ‘मध्यस्तता’का लागि संयुक्त राष्ट्रसंघको प्रयोग गरेको आरोप लगाएको छ । गत साता अमेरिकी राजदूतले साम ब्राउनब्याकले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी कार्यक्रममा अमेरिकाले तिब्बती आध्यात्मिक नेताको मुद्दा संयुक्त राष्ट्रसंघले उठाओस् भन्ने चाहेको प्रतिक्रिया दिएका थिए ।

‘दलाइ लामाको आफ्नो उत्तराधिकारी छनोट तिब्बतबाटै हुन्छ, चिनियाँ सरकारबाट हैन,’ ब्राउनब्याकले भने । तर बेइजिङका अधिकारीले आक्रोशित हुँदै अमेरिकाले धार्मिक स्वतन्त्रताको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको टिप्पणी गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङले यस्तो बताएका हुन् । ८४ वर्षीय दलाइ लामा तिब्बतका धार्मिक नेता पनि हुन् । जो पछिल्लो समय छातिमा इन्फेक्सन भइ अस्वस्थ छन् ।

इराक प्रदर्शनमा झडप, तीनको मृत्यु


बगदाद : इराकमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षा फौजसँग झडप हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबारको घटनामा तीनजनाको मृत्यु भएको हो । अरु दर्जनौं घाइते छन् ।

अधिकारकर्मीहरुले भने यस्तो रक्तपातपूर्ण हिंसा रोकिनुपर्ने आग्रह गरेका छन् । गत अक्टोबरदेखि नै जारी आन्दोलन राजधानी बगदाद लगायत सहरमा विस्तार भएको छ । आइतबार साँझ नसिरिया सहरमा भएको घटनामा सुरक्षाफौजको आक्रमणमा तीनजना मारिएका हुन् ।

बंगालमा आँधीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो


ढाका : बंगालको खाडीमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । बंगलादेश र भारतको पश्चिम बंगाल क्षेत्रमा यसले धेरै असर पुर्याएको छ । अधिकारीहरुका अनुसार बुलबुल नामको यो आँधी अहिलेसम्मकै ठूलो हो । जसका कारण २० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । यस क्रममा पाँचजना हराइरहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad