फुटबलको उपाधी केएफसीलाई ः विजेता टिमलाई खसी पुरस्कार

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट खलंगामा आयोजित नगर स्तरीय फुटबल प्रतियोगितामा खलंगा फुटबल क्लबले उपाधी हात पारेको छ । पेनाल्टी सुट आउटमा कालिकामालिका टिमलाई हराउँदै खलंगा फुटबल क्लब (केएफसी)ले उपाधी हात पारेको हो । कुमारी ट्रष्टको आयोजना, कुशेमालिका अनलाईनको सहआयोजना र एचएच बजाज सोरुमको प्रायोजनमा भएको रोमाञ्चक खेलमा विजेता र उपविजेतालाई खसी पुरस्कार प्रदान गरिएको छ ।

विहिवार त्रिभुवन मावि खलंगा थाप्लेचौरमा भएको भेरी नगरपालिका स्तरीय फाईनल खेलमा दुवै टिमले बराबरी दुई दुई गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो हाप टाइम अघि कालिका मालिका टिमले दुई गोल गदै अग्रता लिएको थियो । कालिकामालिकाका दिपक चन्दले २२ औ मिनेटमा पहिलो गोल गदै खेलमा अग्रता लिएका थिए । लगत्तै सोही टिमका अर्का खेलाडी विवस विक्रम शाहले ३३ औ मिनेटमा अर्को गोल गदै २–० ले अग्रता दिलाएका थिए । मध्यान्तर पछि आक्रामक बनेको खलंगा फुटबल क्लब गोल फर्काउँदै खेलमा फर्किएको थियो ।

केएफसीका भानु वलीले ५६ औ मिनेटमा एक गोल फर्काएका थिए भने खेलको अन्तिम समयमा सोही टिमका प्रदिप विकले दोस्रो गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो । ७९ औ मिनेटमा प्रदिपले गरेको गोलले दुवै टिमलाई बराबरीमा पुरयाएको हो । अन्तिम समयमा कालिका मालिका टिमले विपक्षीको डि एरियामा गरेको फल लिदै रेफ्रीले फ्रि किक हान्ने मौका दिएपछि त्यसको सदुपयोग गदै केएफसीले खेललाई बराबरीमा पुुुरयाएको हो । बराबरी गोेल भएको एक मिनेटमै खेलको निर्धारित ७० मिनेटको समय सकिएको थियो । समय सकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा केएफसीका ५ जनाले नै गोल गर्न सफल भएका थिए । तर कालिका मालिकाका एक जना खेलाडीले पेनाल्टी मिस गरेपछि ५–४ ले केएफसीले उपाधी हात पारेको रेफ्री मनोज शाहले बताए । विजेतालाई ठुलो खसी र उपविजेतालाई सानो खसी प्रदान गरिएको आयोजक रमेश चन्दले बताए । गत सोमवार देखी भएको फुटबल प्रतियोगितामा ६ ओटा टिमले भाग लिएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad