भाईरल ज्वरोले जाजरकोटमा बालिकाको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की
जाजरकोट २३, भदौ

जाजरकोटमा भाईरल ज्वरोले एक बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ बर्षिया आशा विकको मृत्यु भएको हो ।

ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्ने लगाएत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साता अघि उपचारका लागी भर्ना भएकी थिईन । साता सम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो । उपचारका लागि नेपालगंज लिदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए । आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षा अध्ययनरत थिइन । उनका बाबुआमा मजदुरीका लागि ५ बर्ष देखि भारतको हिमाचलमा बस्दै आएका छन् ।

केही दिन यता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका विरामी बढेका स्वास्थ्कर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय विरामी आउने गरेकोमा आधा विरामी भाईरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले बताए । विरामी बढ्दै गएको तर औषधीको स्टक सकिदै गएकोले समस्या हुन थालेको उनले बताए । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र विरामी हुने वित्तिकै नजिकको स्वास्थ्य संस्था जान उनले आग्रह गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad