बासुदेव शर्मा । जाजरकोट
जाजरकोट सदरमुकाम देखि वाह्रै महिना सात वटै स्थानिय तहमा गाडी पुग्न सकेका छैन । यो जाजरकोटको दुर्भाग्य हो । आफनो विकास आफैले गरी गाउँ गाउँलाई सिहदरवार वनाउने चाहना सहित आएको विकास बालुवामा पानी हाले जस्तै भएको छ ।
छिन्चु जाजरकोट सडक संचालन भएको वर्षै विति सक्दापनि राजमार्ग भित्रको वाटो पासागाड खोलामा पुल नवन्दा, जाजरकोट पाँचकाटिया, जाजरकोट रिम्ना सडकको स्तरउन्नती नहुदाँ यात्रुहरु सहज रुपमा यात्रा गर्न सकेका छैन्न,राजमार्ग भित्र पर्ने पासागाड खोलामा पुल नबन्दा बर्षाको समयमा खोला आएपछि यात्रुहरु मर्कामा पर्ने गरेका छन ।
भेरी नगरपालिका ५र ४ को विचमा पर्ने पासागाड खोलामा पुल नवन्दा यात्रुहरु मर्कामा परेका छन । जाजरकोट हुदै डोल्पा यहाँबाट सडक पुगेको छ भने जाजरकोट डोल्पा सडक भेरी करीडोरमा परेको छ, नाम ठुलो भएको काम राम्रो नभएकोले एक दशक भन्दा वढी समय निर्माण भएका योजनाको स्तरउन्नती नहुदाँ नागरिकहरु चिन्तित वनेका छन् ।
जति व्यवस्था परिर्वतन भएपनि ठुलाबडाको हालि मुहाली चल्ने रहेछ विकासमा भन्दा नाता गोतामालाई हेर्ने गरेकोले जनप्रतिनिधिहरुसग जनतामा अविश्वास वढ्न थालेको जुनीचाँदे गाउँपालिका ५ का गोरख वहादुर शाहीले वताए । जनताको इच्छा चाहाना अनुसार योजनाहरु संचालन नहुदाँ विकास प्रति जनताको आशा सेलाउदै गएको स्थानिय शाहीको भनाई रहेको छ ।
जनताको आवश्यकता अनुसार जनप्रतिनिधिले काम नगर्दा विकास निर्माणमा समस्या आएको हो । जनप्रतिनिधिले जनतालाईविश्वास दिनको लागी समयमै विकास निर्माणमा ध्यान दिन जरुरी रहेको शिवालय गाउँपालिका ४ का जितेन्द्र वुढाले वताए । यसले पनी विकासको हिसावले जाजरकोट कता जादै छ भन्ने स्थानिय नागरिकहरुमा प्रश्न उव्जिन थालेको वुढाले वताए ।
जाजरकोटका ७ वटै स्थानिय तहका केन्द्रहरुमा वर्षायमको समयमा गाडी सजिलै आवजजावत गर्न सकेका छैन्न । स्थानिय तहको केन्द्र रहेको स्थान शिवालय गाउँपालिका र नलगाड नगरपालिकामा पनि कच्ची बाटोमा गाडी जाने गरेका छन भने वर्षाको समयमा डराएर लिनु पर्ने वाध्यता छ भने अन्य स्थानिय तहमा गाडी पुग्न सकेका छैन्न ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले समुदायले सडक निर्माण गर्नु पुर्व डिपिआर नगरेर आफनै मनोमानि सडकको ट̯रयाक खोलेकाले यस्तो समस्या आएको वताए । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले आफनो पहुच भित्रका योजनाहरुमा ध्यान दिए विकासको संम्भावना रहेको उनको भनाई छ ।
सवै वडा कार्यालयहरुमा इन्टरनेटको पहुच पुगे जस्तै गाडी पुगे नागरिकहरुलाई सहजता आउने थियो । स्थानिय सरकारले दुई वर्ष भित्र गाडी पुरयाउने लक्ष्य लिएर गत वर्ष धेरै वजेट सडकमा खर्च गरेर ट̯रयाक खोलिएको थिए तर हाल सम्म ट̯रयाकको स्तरउन्नति भएको छैन, धेरै वजेट विनियोजन गरेकोले स्थानियहरुमा सडक राम्रो हुन्छ भन्ने थियो पुरानै तरिकाले योजनाहरु संचालन भएकोले नागरिकहरुलाई आशा भन्दा पनि निराशा छाएको छ ।
स्थानिय नागरिकहरु गाउँबाट सदरमुकाममा सेवा लिन आउदा अझै पनि दुई दिनको पैदल बाटो हिडेर सेवा लिन आउने गरेका छ । यसले पनि जाजरकोटले विकासको काँचुली फेर्न सकेको छैन भन्न सकिन्छ । विकास निर्माणका योजनाहरु संचालन गर्दा या स्थानिय सरकारवाट पाउने सेवा तथा वस्तुहरु आफनै नजिकको नाता गोतालाई हेर्ने गरेकोले पनि विकास हुन नसकेको हो ।व्यवस्था परिवर्तन भएपनि सरोकालवालाहरुको शैली नफेरीएको र आफनै नाता गोतको हालिमुहाली हुने गरेको व्यवस्था परिर्वतन भएपनि सोझा जनताका दुख्ख जस्ताका त्यस्तै हुने गरेको स्थानियहरुको भनाई रहेको छ ।