जाजरकोटमा मध्यरातमा पहिरो : आफू भागे तर सकेनन् परिवार जोगाउन

जाजरकोट : गएराति खसेको पहिरोमा पुरिएर जाजरकोटमा एकै परिवारका तीनजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

राति करिब १ बजेतिर घरमाथिको ढिस्कोले पुरिएर जाजरकोटको भेरी नगरपालिका २ तिमिलेमा तीनजनाको मृत्यु भएको हो। दलबहादुर वलीको घर ढिस्कोले पुरिएको थियो।

दलबहादुर घरबाहिरको कोठामा सुतिरहेकाले भागेर ज्यान जोगाए तर उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरू ९ वर्षीया मोतीकला र ३ वर्षीया धनसरालाई उनले जोगाउन सकेनन्। दलबहादुर पनि घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।

bhumi-sanrakshyan

आइतबार बिहान तीनजनाकै शव निकालेर पोस्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

ढिस्कोले पुरिएर दलबहादुरको गोठमा रहेका चौपाया पनि मरेका छन्। घटनास्थल सदरमुकाम खलंगाबाट करिब तीन घण्टा पैदल दूरीमा पर्छ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya