नक्कली बाबुछोरा बनि नागरिकता लिने पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि नागरिकता बनाउने दुई जनालाई जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले पक्राउ गरेको छ । नलगाड – २ का चंखे पुन र उनलाई बाबु बनाई नेपाली नागरिकताको प्रमाणपत्र लिने कमललाई सोमवार पक्राउ गरिएको हो ।

नक्कली बाबु छोरा बनि नागरिकता लिएको कुरा सार्वजनिक भएपछि प्रशासनले उनीहरुलाई बयानका लागी बोलाएको हो । बयानको क्रममा चंखेले धर्मपुत्रको रुपमा १५ बर्ष देखि घरमै पालेको खुलेको छ । सोमवार उनीहरुको बयान नसकिएपछि दुवैलाई हिरासतमा पठाईएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । नागरिकता बनाउन सिफारिस गर्ने वडा नम्बर २ का वडाध्यक्ष रामकुमार जैसीलाई भने बयान लिएर छोडिएको छ ।

जिल्ला प्रशासनले नै जाजरकोट जिल्लामा बसोबास तथा बंशजको नाता सम्बन्ध कुनैपनि नभएका दाङ्ग घर वताउने कमललाई गत बर्ष नै नागरिकताको प्रमाण पत्र दिएको थियो ।

जिल्ला प्रशासनले नलगाड नगरपालिका वडा नं.२ का वडाअध्यक्ष राम कुमार जैसीको सिफारिसमा उक्त नागरिकता उपलब्ध गराएको थियो । जैसीले मिलोमतो गरी फर्जी कागज बनाई नागरिकताको सिफारिस गरेको खुलेको हो ।

कमलले मिति २०७५ असोज २६ गते झुट्टो विवरण पेश गरी बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता लिएका थिए । उनको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकतामा नागरिकता प्रमाण पत्र नं.०६२–०१७५–०२१३३ र जन्म मिति २०२९।०१।०२ रहेको छ ।
झुट्टो विवरण पेश गरेर नागरिकता लिएको पाईए नागरिकता रद्ध गरी १५ हजार रुपैया सम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ । बयान सकिएपछि ययार्थ खुल्ने र त्यसपछि मात्र आवश्यक कानुनी प्रक्रिाया अघि बढाईने प्रजिअ बस्नेतले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad