एक करोड मुनीका आयोजनामा डोजर प्रतिवन्ध !

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाले एक करोड मुनीका आयोजनामा डोजर÷स्काईभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सानातिना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानिय युवाहरु वेरोजगार भै विदेश पलायन हुन थालेपछि गाँउपालिकाले डोजर प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
एक करोड भन्दा कम बजेटका आयोजनामा यसै आर्थिक बर्ष देखि डोजर प्रयोग गर्न नपाईने गरी कार्यपालिकाले निर्णय गरेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिस गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाईएको छ । गाँउपालिकाले दुई बर्षको अवधीमा १२ सडक आयोजना अन्र्तगत एक सय ४२ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । अव तीन ओटा सडकको मात्र ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खोल्न बाँकी र सडकको स्तरोन्नती पनि स्थानिय युवा परिचालन गरेर गरिनेछ अध्यक्ष बस्नेतले भने ‘गाँउका सडक आयोजनामा डोजरबालाको एकाधिकार देखियो । युवाहरु काम नपाएर खाडी मुलुक र भारत जान थालेपछि युवापलायन रोक्न पनि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौ ।’ अर्को तर्फ वातावरणीय प्रभाव मुल्यांकन विनै जथाभावी डोजर प्रयोग गर्दा पहिरोको जोखिम बढ्दै गएपछि पनि सचेतना अपनाईएको गाँउपालिकाले जनाएको छ । डोजरले काम छिटो भएपनि भुक्षयको जोखिम निकै बढाउँदो रहेछ त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौ उनले भने ।
डोजर प्रतिवन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधीले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए । विरोधका बाबजुद पनि निर्णय भएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनको माध्यामबाट गाँउमै रोजगारी सिर्जना गरि युवा पलायन रोक्छौ अध्यक्ष बस्नेतले भने ‘कुशे गाँउपालिकाका ९ वटै वडामा सडकको ट्रयाक खुलिसकेको छ । अव स्तरोन्नती गर्न बाँकी छ । त्यो सवै काम स्थानिय नागरिकबाटै गराउँछौ ।’
कुशेका तीन जना वडाध्यक्ष डोजर मालिक छन् । वडा नं २ का वडाअध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका हुन् । गाँउपालिका भित्र खनिएको अधिकांश सडकमा उनीहरुकै डोजरको प्रयोग गरिएको थियो । पाँच बर्ष सम्म एकछत्र रजाई गर्ने भनेर किनिएका डोजर मालिक वडाध्यक्षहरुलाई कुशे गाँउपालिकाको पछिल्लो निर्णयले ठुलो झड्का लागेको छ ।
सडक खन्न डोजर प्रतिवन्ध लगाउने गाँउपालिकाको निर्णयको स्थानियले स्वागत गरेका छन् । केही बर्ष यता डोजर भित्रिएपछि गाँउलेले कामै पाउन छोडेका थिए । काम नपाउँदा उनीहरु कालापार (भारत) जान बाध्य थिए स्थानिय रामचन्द्र शर्माले भने ‘यो एकदमै राम्रो र जनपक्षिय निर्णय छ ।’
एक करोड भन्दा माथिका आयोजना टेण्डर प्रक्रिया मार्फत हुने भएकोले ठुला आयोजनामा हामीले हस्तक्षेप गर्न मिल्दैन । करोड मुनीका आयोजना स्थानिय उपभोक्ता मार्फत हुने र डोजरवालाले मनोमानी काम गरे सवैको रोजगारी खोसेकाले यस्तो निर्णय गरिएको कार्यापालिका सदस्या एवं वडा नम्बर १ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya