पुर्व साँसद शाह एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्य मनोनित

ललित बस्नेत । जाजरकोट
पुर्व सांसद राजीव विक्रम शाह एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्यमा छनौट भएका छन् । नेपाल एथ्लेटिक्स संघका अध्यक्ष समेत रहेका शाहलाई एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्यका रुपमा नियुक्त गरिएको हो । जम्मा ५ जना सदस्य रहेको विभागमा नेपालको तर्फबाट शाह छनौट भएका हुन् । आफुलाई उक्त पदमा छनौट गरेकोमा खुसी ब्यक्त गदै शाहले भने ‘म उक्त पदमा रहँदा नेपाली खेलकुदको विकासका लागी विशेष पहल गर्नेछु ।’ उनले आफुलाई योग्य सम्झेर मनोनित गर्ने एशियाली एथ्लेटिक्स एसोसिएशनलाई धन्यवाद दिए ।
एशियाली एथ्लेटिक्स एसोसिएशनका महासचिव शुग्गुमरानद्धारा प्रेसित पत्रमा शाहलाई यस पदका नियुक्त भएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । साथै शाहबाट एसियाली एथेलेटिक्सको विकासमा महत्वपुर्ण योगदान रहने विश्वास गरिएको छ । यस विभागको अध्यक्षमा चीनका वांग नान छन् । त्यस्तै सदस्यहरुमा शाहसँगै हिरोशी योकोकावा (जापान), टिगोर तन्जुंग (भारत), रोलैन्ड साडे (लेबनान), एडवर्ड खो (फिलिपिन्स), तांग वेंग फी (सिंगापुर) नियुक्त भएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya